निवेदकले पेश गर्ने कागजातहरु
- कम्पनी फर्म संस्था दर्ताको प्रमाणित प्रतिलिपि ।
- मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्र र आ.व २०७७/०७८ सम्मको कर चुक्ताको प्रमाणको प्रतिलिपि ।
- सम्बन्धित व्यवसायी सम्बन्धित कसुरका कारवाहीमा नपरेको भनी लिखित घोषणा पत्र ।
- सुचिकृत हुन चाहेको संख्याले तिलोत्तामा पब्लिक रेल्वे कम्पनीको केन्द्रिय कार्यालय बाट उपलब्ध गराइएको फारम भरी पेश गर्नुपर्ने छ ।
- फारम प्रत्यक्ष कार्यालयमा वा अनलाइन मार्फत भर्न सकिनेछ ।
- निवेदन शुल्क रु ३१००/- कायम गरिएको छ ।
- माथि उल्लेख भए बमोजिमका प्रत्यक कार्यका लागि छुट्टाछुट्टै निवेदन दिनु पर्ने छ ।
- प्राप्त आवेदन दर्ता पश्चात छनोट भएका कम्पनी फर्म तथा संस्थाहरुलाई मात्र टेन्डर प्रक्रियमा अगाडी बढाइनेछ । यस सम्बन्धि निर्णय गर्ने सम्पुर्ण आधिकार तिलोत्तमा पब्लिक रेल्वे कम्पनीको संचालक समितिलाई रहनेछ ।